• Friday 9th of October 2026

सालोले बैना गरेको खसी भेनाले सुटुक्क किनिदिएपछिको झडपमा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

रूपन्देही । बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको हो। बिहान उनले किन्न ठिक्क पारेको खसी अर्को समूहले उठाएपछि झडप सुरु भएको थियो।

आपसी ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्याइएकोमा दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले नेपाल प्रेसलाई बताए ।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवाद गर्ने सालो–भेनाको सम्बन्ध रहेका स्थानीयले बताए पनि मृतक बेहना सालो हुन् वा भेना भन्ने बारेमा थप सोधपुछ जारी रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖