• Friday 9th of October 2026

प्रहरीका जवान तालिम केन्द्र परिसरमै मृत फेला


  • धनकुटा खबर
  • .

बुटवल- नेपाल प्रहरीका एक जना जवान तालिम केन्द्र परिसरमै मृत फेला परेका छन्।

बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्रमा कार्यरत २४ वर्षीय श्याम चौधरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत चौधरी तालिम केन्द्रको उत्तर पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवनको पछाडिको भागमा रहेको रुखमा झुन्डिएको अवस्थामा शनिबार फेला परेका हुन्।

शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेलमैदानको छेवैमा रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

‘उनको रातिको ड्युटी थियो कति बेला आत्महत्या गरे भन्ने यकिन भएन तर, बिहानपख तन्नाको पासो बनाएर रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए,’ प्रहरी स्रोतले भन्यो।

मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

चौधरी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नं ३ का बासिन्दा हुन्। उनी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।

बुटवलकै प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम लिएका चौधरीको तालिम सकिएपछि प्रहरी तालिम केन्द्रमै प्रशिक्षकको रूपमा दरबन्दी कायम भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖