• Friday 9th of October 2026

नख्खु कारागारबाट भागेका कैदी तामाङले घरमा गरे आफ्नै श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट जेन्जी आन्दोलनका क्रममा भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

पनौती नगरपालिका–१२, गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन्।

सन्तबहादुर तामाङ जवरजस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए। उनी जेन्जी आन्दोलनकै क्रममा नक्खु कारागारबाट फरार भएका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖