नख्खु कारागारबाट जेन-जी आन्दो’लनको बेला भागेका कै’दी सन्तबहादुर तामाङले आफ्नी श्रीमती जमुनाको ह त्या गरेका छन्।
काभ्रेपलाञ्चोक पनौती–१२ कलाँतीस्थित घरको करेसामा गा’डिएको अवस्थामा ३१ वर्षीया जमुनाको श’व फे’ला परेको प्रहरीले जनाएको छ।
तीन दिनदेखि सम्पर्कविहीन रहेकी उनी खोजत’लासका क्रममा भेटिएकी हुन्।
जबरज’स्ती कर’णी उद्योगमा तीन वर्षे कै’द स’जाय भोगिरहेका तामाङको अवधि एक महिना मात्रै बाँकी थियो। उनी २४ गते नख्खु कारा’गारबाट फ’रार भई घर आएका थिए।
ह त्या गरी फ’रार भएका तामाङको खो’जतलास जारी रहेको प्रहरीले जनाएको छ।
मृ’तकका ११ वर्षे छोरा र ३ वर्षीया छोरी रहेका छन्।
