• Thursday 22nd of October 2026

थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई भारत लगिदैँ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।

जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत थिइन् ।

तर, उनको स्वास्थ्यमा जटिलता बढ्दै गएपछि फोक्सोमा संक्रमण देखिएको चिकित्सकहरूले बताएका छन् ।

चिकित्सकको सिफारिसअनुसार सोमबार राति नै उनलाई भारतको अस्पतालमा रेफर गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖