• Friday 9th of October 2026

स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका पूर्वमेयर तिमल्सिनाको निधन


  • धनकुटा खबर
  • .

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ ।

मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।

गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तिमल्सिना साउन १० गते शनिबार बिहान नमोबुद्ध-२ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटनामा परेका थिए ।

नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖