• Thursday 22nd of October 2026

रास्वपा केन्द्रीय समिति बैठकः रवि लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा मुद्दाको कानूनी निरुपण नहुन्जेल रवि लामिछानेले पार्टी सभापतिबाट हट्नुपर्ने प्रस्ताव अगाडि बढेको छ ।

रास्वपा सुदूरपश्चिम, कोशी, लुम्बिनीप् र गण्डकी प्रदेशका सभापतिहरुले लामिछानेले आफ्नो मुद्दाको निरुपण नहुन्जेल पार्टीबाट अलग हुनुपर्ने प्रस्ताव राखेका हुन् ।

जारी केन्द्रीय समिति बैठकमा रास्वपाका गण्डकी सभापति राजन गौतम, कोशी सभापति सरिन तामाङ, सुदूरपश्चिम सभापति प्रकाश विष्ट र लुम्बिनीका सभापति देवराज पाठकले प्रस्ताव गरेका छन् ।

रास्वपाका प्रदेश सभापतिहरु पदेन केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ । केन्द्रीय समिति बैठकमा प्रदेशहरुको राजनीतिक प्रस्ताव पेश गर्न भनिएको थियो ।

उनीहरुले सभापति लामिछानेको कारागार रिहाइ प्रकरणमा पनि प्रश्न उठाएका छन् । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖