• Friday 9th of October 2026

सुनको मूल्य आज फेरि बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च


  • धनकुटा खबर
  • .

हिजो घटेको सुनचाँदीकै मूल्य आज फेरि बढेको छ।

सुनको मूल्य आज तोलामा एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो तोलामा एक हजार सातसय रुपैयाँ घटेर दुई लाख २१ हजार तीनसय रुपैयाँमा झरेको थियो।

यसअघि गएको बुधबार सुनको मूल्य तोलाको दुई लाख २३ हजार रुपेयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ५५ रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ७ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महंगो हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖