• Friday 9th of October 2026

रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि दाङ ल्याइएको छ । मृतक तथा घाइतेको नाम, ठेगाना खुलेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖