बीपी राजमार्ग अन्तरगत खुर्कोट नजिकै डबल क्याप बोलेरो सुनकोसी नदिमा खसेको छ।
बा २० च ९३१ नम्बरको बोलेरो सोमबार नदीमा खसेको हो । बोलेरोमा १३ जना यात्रु सवार रहेको बताईएको छ ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरिरहेको छ ।
सुनकोसी नदिमा गाडि खस्यो, घाइतेहरूको सूची सार्वजनिक:
१) जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं. ०४ बस्ने बर्ष २० मालती खुलालको छाती र पछाडी ढाँडमा चोट (अवस्था सामान्य)
२) ऐ.ऐ. बस्ने बर्ष १७ को भोज बहादुर थापा मगरको निधार , आँखा र टाँउकोमा चोट (अवस्था मध्यम)
३) ऐ.ऐ. बस्ने बर्ष २३ को प्रेम मगरको टाँउकोमा घाँउ चोट (अवस्था गम्भिर)
४) ऐ.ऐ. बस्ने बर्ष २२ को जम्पा खुलाल मगरको निधारमा चोट (अवस्था सामान्य)
५) ऐ.ऐ. बस्ने बर्ष ११ को सुसन मगरको निधारमा चोट (अवस्था मध्यम)
६) ऐ.ऐ. बस्ने केदार थापा मगरको छातिमा चोट (अवस्था मध्यम)
७) ऐ.ऐ. बस्ने बर्ष २० को रोजिना थापा मगरको छातिमा चोट (अवस्था मध्यम) ८) ऐ.ऐ. बस्ने बर्ष २२ को ज्ञानेन्द्र मगरको टाँउकोमा चोट छातीमा चोट (अवस्था सामान्य)
९) ऐ.ऐ. बस्ने बर्ष ३५ को तारा बहादुर खुलालको नाक बाँया कम्मर र छातिमा चोट (अवस्था मध्यम)
१०) ऐ.ऐ. बस्ने बर्ष ८ को नितेश मगरको (अवस्था सामान्य)
११) ऐ.ऐ. बस्ने बर्ष २२ को रोश्मी मगरको (अवस्था सामान्य)
१२) ऐ.ऐ. बस्ने बर्ष २५ को ओम आले मगरको छाती र ढाँडमा चोट (अवस्था सामान्य)
१३) ऐ.ऐ. बस्ने बर्ष २६ को ओम बहादुर रानाको (चालक) दुबै खुट्टाको घुडामा सामान्य चोट (अवस्था सामान्य)
