• Friday 9th of October 2026

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या,श्रीमान पक्राउ


  • धनकुटा खबर
  • .

इटहरी–१२ मा सोमबार साँझ दशैंको मासु पकाउँदै गरेकी २५ वर्षीया अनिसा भट्टराईलाई उनका श्रीमान ३० वर्षीय सुमन दाहालले काठको बटमले प्रहार गरी ह*त्या गरेका छन् ।

राति करिब ८ बजे टाउको, नाक र कानमा प्रहारबाट गम्भीर घाइते भएकी भट्टराईलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइए पनि राति ९:१० मा मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।

पूर्व वडाध्यक्ष हिरा दाहालका अनुसार करिब दुई महिना अघि सुमनले श्रीमतीलाई हलगडामा छोडेका थिए भने अनिसाले श्रीमानलाई नभनी खनारको आइसक्रिम पार्लरमा काम गर्दै कोठा सरेकी थिइन् ।

दशैं मान्न आएका श्रीमानले सो कुरा थाहा पाएपछि झगडा भई ह*त्या भएको उनले बताए । घटनापछि स्थानीयले आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीका अनुसार घटनास्थल खनार प्रहरी चौकीदेखि करिब १ सय मिटर दक्षिणतर्फ पर्छ र हाल आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖