• Friday 9th of October 2026

सडक सुरक्षामा खटिएका प्रहरीलाई अपमान हुने गरी गालीगलौज गर्ने एक व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौंमा सडक सुरक्षामा खटिएका प्रहरीलाई अपमान हुने गरी गालीगलौज गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्ने सिन्धुली, ग्याङलेख गाउँपालिका–५ घर भई हाल काठमाडौं बबरमहल बस्ने ३६ वर्षीय नेवाङ तामाङ हुन्।

उनी महानगरपालिका–१० बुद्धनगरमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि कानूनी प्रक्रिया अघि बढाइने पनि प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖