• Friday 9th of October 2026

पेनड्राइभ र चाउचाउ–बिस्कुट चोरेको आरोपमा १३ वर्षीय बालकको हत्या


  • धनकुटा खबर
  • .

रुकुम । रूकुम पश्चिम बाफिकोट–२ लामाचोकका १३ वर्षीय डिल्ली नाथ सोमबारदेखि बेपत्ता भएका थिए।

मंगलबार खोल्सामा उनको शव भेटिएको छ।

प्रहरीका अनुसार स्थानीय १९ वर्षीय नातेदारले चोरी गरेको आरोप लगाएर ढुंगा र चक्कु प्रहार गरी हत्या गरेका हुन्।

घटनालाई दुर्घटना देखाउन डिल्लीको साइकल पनि खोल्सामा फ्याँकिएको थियो।

हत्या गरेको अभियोगमा सो किशोरले प्रहरीसमक्ष स्वीकारेका छन्। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖