• Friday 9th of October 2026

मुग्लिन–नारायणगढ सडक खण्डको अवस्था सामान्य, ढुंगा–लेदो पन्छाउने कार्य निरन्तर


  • धनकुटा खबर
  • .

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड आज सामान्य अवस्थामा छ । सडक डिभिजन भरतपुरका अनुसार बिहीबार (विजयादशमी) बिहान ८ बजेसम्म यातायातका साधनहरू अवरोधविना सञ्चालनमा रहेका छन् ।

वर्षा र चाडपर्वको समयसँगै बाटोमा सामान्य रूपमा ढुंगा र लेदो खस्ने गरे पनि डिभिजनमा तैनाथ उपकरणमार्फत सडक सफा गर्ने कार्य भइरहेको छ ।

डिभिजनका अनुसार अपरेटर अमर गुरुङको संयोजनमा झरेका ढुंगारलेदो हटाउने काम निरन्तर भइरहेको छ ।

सडक डिभिजन भरतपुरले यात्रु र सवारी चालकलाई यात्रा अघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖