• Friday 9th of October 2026

पर्सि जापानको फ्लाइट ,आज दुर्घटनामा परी मुत्यु


  • धनकुटा खबर
  • .

डोटी । जापान जाने योजनासहित दशैंको टिका सकेर हतारहतार काठमाडौँ हिँडेकी डोटीकी सरस्वती खड्का बाटोमै अस्ताइन्।

डोटीको दिपायल सिलगढी नगरपालिका १ की १८ बर्सिया सरस्वती खड्काको शनिवार कपिलवस्तुमा भएको बस दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जापानको भिसा आइसकेकोले सरस्वती शुक्रवार बिहानै दिपायलबाट धनगढीका हिँडेकी थिइन् । उनी सोही दिन धनगढीबाट रात्रि बस चढेर काठमाडौँका लागि हिँडेकी थिइन् । उनी सोमबार जापानका लागि उड्ने तयारीमा रहेको उनका आफन्तहरूले जानकारी दिएका छन् ।

धनगढीबाट काठमाडौं जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस शनिवार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटना भएको थियो ।

कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

बिहानको समयमा तीव्र गतिको गाडी मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖