• Friday 9th of October 2026

रातु खोलाले बगाएको जिप सशस्त्रले निकाल्यो


  • धनकुटा खबर
  • .

महोत्तरी । महोत्तरीमा रातु खोलाले बगाएको नेपाल टेलिकमको जिप सशस्त्रले निकालेको छ ।

प्रदेश–३–०१–४५२७ नम्बरको जिप जेसीबीको सहायताले निकालिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।

अविरल वर्षसँगै बढेको रातु खोलाले शनिवार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्ता तर्फ जाँदै गरेको जिप बगाएको थियो । सुरक्षा बेस भंगाहाबाट खटिएको टोलीले जिप निकालेको हो ।

जिप चालक सकुशल छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖