• Friday 9th of October 2026

आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो फेलापरेपछि


  • धनकुटा खबर
  • .

स्याङ्जा – स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरी घरमा लगेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटमा मरेको भ्यागुतो भेटिएको छ।

वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित मिर्दीबाट खरिद गरी लिएको नुनमा सुकेको अवस्थामा मरेको भ्यागुतो भेटिएको हो ।

‘बुवा बित्नुभएको थियो, उम्कने दिनमा आफन्तलाई खुवाउन भनी ल्याइएको नुनमा मरेको भ्यागुतो सुकेको अवस्थामा भेटिएको हो’ थापाले भने।भ्यागुतोको ठाउँमा अन्य वस्तु भएको भए आफूहरूको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था आउने उनले बताए। सरोकारवालाको लापरबाहीका कारण आफूहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको थापाको गुनासो छ।

घटनाबारे आवश्यक अनुसन्धान शुरु गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। ‘वास्तविकता के भएको रहेछ हामी बुझ्ने क्रममा छौँ र आवश्यक निर्णय लिने छौँ ’,

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖