काठमाडौ । बझाङको जयपृथ्वी नगरपालिका–७ छ्यालका गणेश सुनार झण्डै दुई दशकदेखि भारतको नयाँ दिल्लीमा परिवारसहित बस्दै आएका थिए ।
बझाङबाट कैलालीको अत्तरिया सरेपनि आफू र आफ्नो भाइको परिवारसहित उनी दिल्लीमै बसिरहेका थिए ।
बडा दशैं पूरै परिवारसहित भारतमै मनाएका गणेशले तिहार भने नेपालमा मनाउने योजना बनाएका थिए । तर दशैं सकिँदै नसकिँदै, त्यो योजना शोकमा परिणत भयो । शनिबार धनगढी आउँदै गर्दा दु’र्घटनामा गणेशको ज्या’न गयो ।
गणेश सवारी चालक हुन् । उनको आफ्नै यात्रुवाहक जिप थियो । उनी ‘लक्ष्मी टुर एण्ड ट्राभल्स’ नामक सेवामार्फत भारतबाट नेपाल र नेपालबाट भारतसम्म यात्रुहरूलाई ओसारपसार गर्ने गर्थे । भारतको पीलीभीतस्थित बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिकै रोकिएको उनको ट्याक्सीलाई ट्रकले ठ’क्कर दिएको थियो ।
गणेशसहित नरेन्द्रनाथ र निखिल रोकायको घ’ट’नास्थलमै मृ’त्यु भयो भने अञ्जली रोकाया अहिले पनि अस्पतालको शैय्यामा उपचाररत छिन् । बुवाको मृ’त्युपछि किरिया बस्ने छोरा अहिले सेतो लुगामै बुवाको घ’ट’नाबारे अनुसन्धान हुनुपर्ने र दो’षीमाथि का’रबाही गर्नुपर्ने मागसहित भारतमै भौतारिरहेका छन् ।
मृ’तकका भाइ, छोरा र अन्य परिवारका सदस्यसहित ८ जना अहिले प्रहरीसँगै वरिपरिका सिसी क्यामेरा फुटेज हेर्दैछन् । करिब दुई दिन बितिसक्दा पनि कुनै प्रगति भएको छैन । उनका अनुसार स्थानीय प्रहरीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ । तर सडक आसपासका सरकारी क्यामेराहरू बिग्रिएका बताउँदै कुनै सुराक नभेटिएको जनाएको छ ।
