• Friday 9th of October 2026

प्रहरी नायब निरीक्षकको दाँत झारिदिने वडाध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ असोज । सर्लाहीको सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास पक्राउ परेका छन् ।

प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट पक्राउ गरिएको हो । वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुङ्गामुढा गरेको र प्रहरी कर्मचारीमाथि कुटपिट भएको बताइएको छ ।

आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको अगाडिको दुई वटा दाँत भाँचिएको थियो भने चौकीमा कार्यरत अन्य पाँच जना कर्मचारीसमेत घाइते भएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖