• Friday 9th of October 2026

धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

बिहान करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठोक्किएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖