• Friday 9th of October 2026

युवकको बीभत्स हत्या पछि यसरी टाउको बोकेर प्रहरी चौकी पुगे दुई अभियुक्त


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ । २८ वर्षीय केशर बहादुर बुढाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार, शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि बुढाको हत्या भएको हो ।

हत्यापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए । प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ ।

डीएसपी अवस्थीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । यस बीभत्स घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖