• Friday 9th of October 2026

कर्मचारीमाथि खुकुरी हानेर फरार धनगढीको काेब्रा सरकार ग्याङ पुन: सक्रिय, पक्राउ परे सन्नी


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीकाे गाेदावरी नगरपालिका-४ मा हाेटलमा डडेल्धुराका गाैरव ऐरमाथि चक्कु प्रहार गरेकाे घटनामा प्रहरीले १० जनालाई गएराति पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ बस्ने सन्नी नेपाली समेतका छन् । प्रहरी स्रोतकाअनुसार भारततर्फ भागिरहेकाे अवस्थामा उनीहरूलाई सीमा नजिकैबाट पक्राउ गरिएको हाे ।

याे घटनामा पक्राउ परेका नेपालीकाे ग्याङ कोब्रा सरकारका नामले परिचित छ । त्यसकाे नेतृत्व सन्नी नेपालीले गर्दै आएकाे प्रहरीले जनाएको छ । याे समूहले गत वर्षकाे फागुनमा अत्तरियामा विद्युतका कर्मचारीमाथि समेत दिनदहाडै खुकुरी प्रहार गरेकाे थियो ।

अत्तरियास्थित विद्युतकाे नाे लाइटमा कार्यरत सुन्दरलाल चाैधरीमाथि काेब्रा सरकारका युवाहरूले खुकुरी प्रहार गरेका थिए ।

चाैधरीकाे जाहेरीले प्रतिवादी रहेका सन्नी नेपाली त्यहीँ बेलादेखि प्रहरीकाे फरार सूचीमा थिए । खुकुरी प्रहार गर्ने मध्येका प्रविन शाही भने त्यही बेला पक्राउ परेका थिए ।

उनी राजनीतिक दलका नेताकाे संरक्षणमा रहेकाे दाबी गरिन्छ । फरार भएकै अवस्थामा उनकै समूहले हतियार प्रहारकाे दोस्रो घटना गरेकाे प्रहरीकाे भनाइ छ ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । घाइते ऐरकाे भारतमा उपचार जारी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖