नेकपा एमालेको कार्यक्रममा ‘म एमालेको जेनजी भएकी हुँ, घोर भ्रष्टाचार गर्छु’ भन्ने भनाइपछि भाइरल बनेकी रेजिना चौधरीले आफू एमालेको जेनजी नभएको स्पष्ट गरेकी छन्।
एक अन्तर्वार्तामा बोल्दै उनले आफू कुनै पनि राजनीतिक पार्टीको जेनजी नभएको बताउँदै, एमालेका केही व्यक्तिहरूले आफूलाई “नानी जेनजीको बारेमा यो-यो कुरा बोल्नू” भनेर सिकाएर बोल्न लगाएको खुलासा गरेकी छन्।
रेजिनाले भनेकी छन्, “मैले ‘घोर भत्सना गर्छु’ भन्न खोजेको थिएँ, तर गल्तीले ‘घोर भ्रष्टाचार गर्छु’ भनियो। तुरुन्तै शब्द सच्याएकी थिएँ, तर पुरानै भिडियो भाइरल बनाइयो।”
उनका अनुसार, उक्त कार्यक्रममा प्रत्येक घरबाट एक जना अनिवार्य रूपमा सहभागी हुनुपर्ने भएकाले आमाको ठाउँमा आफू पुगेकी थिइन्। उनले कसैले पैसा दिएर बोल्न लगाएको भन्ने कुरा पूर्ण रूपमा असत्य रहेको र आफू कसैले प्रयोग नगरेको बताएकी छन्।
#neelopati
