• Friday 9th of October 2026

पुलबाट हाम फालेर १५ वर्षीया किशोरी कर्णालीमा बेपत्ता, गोताखोर झिकाउने तयारी


  • धनकुटा खबर
  • .

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोट घर भएकी १५ वर्षीया सिर्जना बटाला कर्णाली नदीमा बेपत्ता भएकी छन् ।

मंगलबार साँझ करिब ७ बजे कर्णाली करिडोर अन्तर्गत खुलालु पुलबाट हाम फालेकी उनी अझै फेला परेकी छैनन् । खुलालु बजारमा व्यापार गर्दै आएका अनिपाल बटालाकी जेठी छोरी सिर्जना वीरेन्द्रनगरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

दसैँ मनाउन घर गएकी उनी आन्तरिक परीक्षामा चार विषय लागेपछि मानसिक तनावमा रहेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए ।

प्रवक्ता बोहोराका अनुसार सिर्जनासँगै अर्की एक किशोरी पनि पुलबाट हाम फाल्ने तयारीमा थिइन् तर उनी पहिला नै बेहोस भएकी थिइन् ।

बेपत्ता किशोरीको खोजीका लागि स्थानीय र प्रहरीले लगातार खोजी कार्य जारी राखेका छन् । प्रवक्ता बोहोराले सिर्जनाको खोजीका लागि गोताखोर झिकाउने तयारी भइरहेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖