• Friday 9th of October 2026

भाइरल झाँक्री प्रकाश भुजेलले एक म्यानपावर व्यवसायीलाई धम्की दिएपछि व्यवासयी पक्षधरले उनको कार्यालय तोडफोड


  • धनकुटा खबर
  • .

काठमाडौं । भाइरल झाँक्री प्रकाश भुजेलले एक म्यानपावर व्यवसायीलाई धम्की दिएपछि व्यवासयी पक्षधरले उनको कार्यालय तोडफोड गरेका छन् ।

प्रहरी वृत्त, गोकर्णका अनुसार नारायणटारमा रहेको झाँक्री तथा तान्त्रिक संघको कार्यालय तोडफोड भएको हो । उक्त संघका अध्यक्ष भुजेल नै हुन् ।

उनले शुक्रबार बेलुकी एक म्यानपावर व्यवसायीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरतिर गएर धम्की दिएको र व्यवसायी पक्षीय समूह आक्रोशित भएर त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

कार्यालय घेराउ हुनासाथ उनी भागेर काँडाघारीतिर गएको भन्दै व्यवसायी पक्षले संघको कार्यालय तोडफोड गरेको हो ।

भुजेल काँडाघारीमा लुकेको र उनलाई आफूहरुको अगाडि उपस्थित गराउनुपर्ने भन्दै व्यवासयी पक्षले अहिले काँडाघारीस्थित प्रहरी प्रभागलाई घेरा हालेको छ । सत्यतथ्य बुझेर व्यवसायी र भुजेलबीच मध्यस्थता गराउने प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖