• Friday 9th of October 2026

फलामको ढिक्कालाई सुन भन्दै ठगी


  • धनकुटा खबर
  • .

काठमाडौं। सुन भन्दै फलामको ढिक्का देखाएर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रे नमोबुद्ध नगरपालिका-६ फेदी घर भइ हाल काठमाडौं महानगरपालिका -६ बस्ने गीता केसीलाई ११ लाख नगद र ६० लाख चेकसमेत लिइ फरार भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई सन भन्दै फलामको ढिक्का देखाएर उक्त रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

केसीसँगै प्रहरीले कणध्वज लिम्बु, मानबहादुर सुवेदी र राम लिम्बुलाई पनि पक्राउ गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖