• Friday 9th of October 2026

पूर्व माओवादी लडाकु डायमण्ड सी बने रुसी सेनाको सेक्सन कमाण्डर


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ कात्तिक । पूर्व माओवादी लडाकु डायमण्ड सीले रुसी सेनाको सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका छन् ।

डायमण्डले सामाजिक सञ्जालमार्फत आफूले पछिल्लोपटक सर्जेन्ट अर्थात् सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राईमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने मौका पाएको उल्लेख गरेका छन् ।

‘कहिलेकाहीँ जीवनमा देखेको सपना पूरा हुन्न । बरु नदेखेको सपना पूरा हुन्छ । जनयुद्धमा सहभागी हुदा देखेका कैयन सपना अधुरै रह्यो । ती अधुरो सपनाकै बीच रुसको पक्षबाट रुस–युक्रेन युद्धको एक हिस्सेदार वन्ने कठोर निर्णय गरियो ।

भीषण युद्धको बीच आफ्नै जीवनको कुनै ग्यारेन्टी नहुने परिस्थितिमा समेत सुरुमा रसियन सेनाको जुनियर सर्जेन्ट अर्थात् सेक्सन सह–कमाण्डर र पछिल्लोपटक सर्जेन्ट अर्थात सेक्सन कमाण्डरको रुपमा अग्रमोर्चामा खटेर प्राईमरी एसल्ट सेक्सनलाई कमाण्ड गर्ने विषय सहज त थिएन नै ।

यद्यपि युद्धकालीन समयको माग अनुसार जिम्मेवारी पूरा गर्नै पर्ने रहेछ,’– उनले भनेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖