कञ्चनपुरका विपिन जोशी, जो दुई वर्षअघि अध्ययनका क्रममा इजरायल गएका थिए, हमासको नियन्त्रणमा परेपछि मारिएको पुष्टि भएको छ।
उनको शव सोमबार नेपाल ल्याइएर राति धनगढी पु¥याइएको थियो, र आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिँदैछ।
इजरायली फरेन्सिक रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको हो। विपिनकी आमा पद्मा र बहिनी पुष्पा दुई वर्षदेखि उनको रिहाइका लागि इजरायल र अमेरिकासम्म पुगेका थिए, तर विपिन कफिनमै फर्किए।
लक्ष्मीपूजाको दिन गाउँमा तिहारको रौनक साटिएर शोकमा परिणत भएको छ।
