• Friday 9th of October 2026

सन्दीप र राष्ट्रिय खेलाडीप्रति सम्मान छ’ — सुरुची बुढाथोकी


  • धनकुटा खबर
  • .

हालै ‘प्याराडाइम टिभी’को कार्यक्रममा सहभागी भएकी मोडेल तथा कलाकार सुरुची बुढाथोकीले आफ्नो भनाइका कारण क्रिकेटर सन्दीप लामिछानेलाई लक्षित गरेको भन्ने बुझाइ फैलिएपछि सार्वजनिक रूपमा माफी मागेकी छन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति शैलीमा उनले लेखेकी छन्, “यदि मेरो उपस्थिती वा भनाइका कारण कसैलाई दुःख वा असहज महसुस भएको छ भने म हृदयदेखि क्षमा चाहन्छु।”

सुरुचीले स्पष्ट पार्दै भनिन्, “म कार्यक्रममा अतिथि मात्रको रूपमा बोलाइएकी थिएँ, र कुन विषयमा छलफल हुनेछ भन्ने जानकारी अघि नै थिएन। मेरो उद्देश्य कहिल्यै कसैलाई अपमान वा दुःख दिने थिएन।” उनले भनेकी छन् — “शब्दहरू कहिलेकाहीँ अनिच्छित रूपमा गलत अर्थमा बुझिन सक्छन्, त्यसका लागि म पूर्ण जिम्मेवारी लिन्छु।”

उनले थपेकी छन्, “यस अनुभवले मलाई ठूलो पाठ सिकाएको छ। भविष्यमा म आफू संलग्न हुने सामग्री र प्रसङ्गमा अझ सचेत र जिम्मेवार रहनेछु।” साथै उनले सन्दीप लामिछाने र सबै राष्ट्रिय खेलाडीहरूप्रति गहिरो सम्मान रहेको उल्लेख गर्दै लेखेकी छन्, “म सन्दीप लामिछानेजी र देशका खेलाडीहरूप्रति आदर गर्छु। मेरो शब्द वा उपस्थितिले कसैलाई असहज बनाएको भए म क्षमाप्रार्थी छु।”

सन्दीप लामिछाने पछिल्ला वर्षहरूमा बलात्कार आरोपसम्बन्धी मुद्दामा चर्चामा आएका थिए, जसमा अदालतले उनलाई निर्दोष ठहर गरेको थियो। त्यसबेलादेखि सामाजिक सञ्जालमा उनको नाम जोडिएका विषयहरू विवादास्पद बन्दै आएका छन्। सुरुची बुढाथोकीको पछिल्लो वक्तव्य पनि त्यही प्रसङ्गसँग जोडिँदा उनले स्पष्टिकरणसहित माफी मागेकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖