• Friday 9th of October 2026

विवाद भएपछि पोखरामा साथीको हत्या, एक जना पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ।

पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार स्थानीय ईश्वर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण गरेका थिए। प्रहरीले आक्रमणकारी भनिएका ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको बस्नेतले बताए।

हत्या गरिएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथी भएको खुलेको छ। पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖