• Friday 9th of October 2026

आज एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आज सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि खुलेको बजारमा सो बराबरको मूल्य घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ । तिहार बिदाअघि यो मूल्य सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको घटेर ३ हजार १५ रुपैयाँमा कायम भएको छ । यसअघि चाँदीको मूल्य प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पुनको मूल्य घटेका कारण नेपाली बजारमा यसको प्रभाव देखिएको हो । गत बिहीबार सुनको एकैदिन मूल्य इतिहासकै सबैभन्दा धेरैले घट्ने रेकर्ड बनाएको थियो ।

शुक्रबार समेत घटेको मूल्य शनिबार भने केही सम्हालिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖