धनगढी । धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १च १७२५ नम्बरको कार गएराति १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४७ वर्षीय भोजराज राना, भीमदत्त नगरपालिका–१४ का ३७ वर्षीय उपदेश ठाकुर, धनगढी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीया सनिशा चौधरी र ३५ रामशरण राना घाइते भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
उनकाअनुसार घाइते मध्ये चालक रानाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जना भने खतरामुक्त छन् । चालकको नवजीवन अस्पताल र अन्य तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । कार आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
