• Friday 9th of October 2026

एकाबिहानै चितवनमा बस दुर्घटना, ३३ जना घाइते


  • धनकुटा खबर
  • .

आज बिहान भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गौरबाट काठमाडौँतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनाग्रस्त हुँदा ३३ जना यात्रु घाइते भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, घाइते यात्रुहरूको अवस्था सामान्य रहेको छ। उनीहरूलाई दुर्घटनास्थलबाट तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको हो।

दुर्घटनाका कारण केही समयका लागि अवरुद्ध भएको सडक अहिले पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖