• Friday 9th of October 2026

गोरखामा पहिरोले पुरिएर पर्यटकको मृत्यु


  • धनकुटा खबर
  • .

पोखरा । मनासलु पदमार्ग अन्तर्गत गोरखाको चुमनुब्रीमा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु भएको छ ।

वडा नं ३ न्याकफेदीमा शुक्रबार दिउँसो झरेको पहिरोमा ५४ वर्षीय विदेशी नागरिक क्याटरिना रस्कोभा पुरिएकी हुन् ।

सामागाउँबाट जगत फर्कने क्रममा बाटोमा हिँडिरहेको बेला माथिबाट आएको लेदोसहितको पहिरोमा पुरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

उनी श्रीमानसहित गाइड लिएर पदयात्रामा निस्किएकी थिइन् । सोही पालिकामा अर्का पर्यटक डुङ्गाले लागेर गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖