• Friday 9th of October 2026

विश्वविद्यालयमा महिला कर्मचारीमाथि महिनावारी प्रमाणित गर्न बाध्य बनाइएको आरोप सार्वजनिक भएपछि


  • धनकुटा खबर
  • .

हरियाणाको रोहतकस्थित महर्षि दयानन्द विश्वविद्यालयमा महिला कर्मचारीमाथि महिनावारी प्रमाणित गर्न बाध्य बनाइएको आरोप सार्वजनिक भएपछि विश्वविद्यालय विवादमा तानिएको छ।

एक महिला सरसफाइ कर्मचारी ढिलो कार्यालय पुगेपछि अस्वस्थ भएको कारण बताउँदै महिनावारी भएको जानकारी दिएकी थिइन्।

तर, पुरुष सुपरभाइजरहरूले उनलाई झूटो ठहर गर्दै ‘स्यानिटरी प्याड देखाऊ’ र प्रयोग गरिएको प्याडको फोटो खिच्न आदेश दिएको बताइएको छ। घटनापछि महिला कर्मचारीहरूले सामूहिक रूपमा विरोध जनाउँदै यो व्यवहारलाई अपमानजनक र असह्य भनेका छन्।

घटनापछि अन्य महिला कर्मचारी र विद्यार्थीहरूले पनि आन्दोलन गरेका छन्। रोहतक प्रहरीले दुई सुपरभाइजरविरुद्ध यौन दुर्व्यवहार, धम्की र महिलाको मर्यादामाथि आघात पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरेको छ।

विश्वविद्यालय प्रशासनले आन्तरिक छानबिन सुरु गर्दै दोषी ठहरिएकामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖