मेयर हर्क साम्पांग भन्छन् –
मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिंदा पनि हेलाहोचो !
मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला !
अचेत जिन्दगीको जय होस् !
यो पनि हेर्नुहोस्…
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया रही बाँकी प्रदेशमा आंशिक बदली छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
