• Friday 9th of October 2026

अहिलेसम्म कार्यालय पुगेका छैनन् बालेन, अरू दिन १० नबज्दै पुग्थे !


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज मध्याह्नसम्म पनि कार्यालय पुगेका छैनन् ।

अरू दिन नियमित समय (बिहान ९–१० बजे)भित्र कार्यालय पुग्ने मेयर आज अहिले (मध्याह्न १२ बजे) सम्म उपस्थित नभएको स्रोतले जनाएको छ ।

“आज मेयर अहिलेसम्म आइपुग्नुभएको छैन । हिजोको कुरा थाहा भएन,” स्रोतले भन्यो ।

बालेनले शनिबार राति फेसबुकमा ‘अश्लील’ मानिने शब्दसहितको एउटा स्टाटस लेखेका थिए । उनले अमेरिका, भारत र चीन तथा नेपालका प्रमुख राजनीतिक दल मिलेर पनि केही गर्न नसकेको आशयको स्टाटस लेखेका थिए ।

तर, स्टाटस पोस्ट गरेको केही समयमै उनले डिलिट गरिदिएका थिए । जसलाई लिएर अहिले उनको आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖