• Friday 9th of October 2026

भैरहवाको होटल निर्वाणामा गोली चल्यो, एक जना घाइते


  • धनकुटा खबर
  • .

भैरहवा । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चल्दा एक जना घाइते भएका छन्।

होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेका थिए।

गोली लागेर होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको छ।

रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीका अनुसार घाइते परियार राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त होटलमा क्यासिनोसमेत सञ्चालनमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖