• Friday 9th of October 2026

डा.निकोलस भुसालले हस्पिटल बनाउँछु भनेर मेरो २५ लाख ठगेका छन्ः भद्रकुमारी घले


  • धनकुटा खबर
  • .

समाजसेवी एवं पूर्वमन्त्री भद्रकुमारी घलेले हस्पिटल बनाउँछु भनेर डा.निकोलस भुसालले २५ लाख लगेको खुलासा गरेकी छन् ।

पशुपतिनाथमा हस्पिटल बनाउँछु भनेर घरमा आएको बेला आफूले नगद २५ लाख रुपैयाँ दिएको एक अन्तर्वार्तामा बताएकी छन् ।

हस्पिटल बनेपछि आफूलाई उद्घाटन गर्न बोलाउने भन्दै २५ लाख रुपैयाँ लिएर निकोलस हिँडेको भद्रकुमारी बताएकी छन् ।

आफ्नै घरमा बनाउन लागेको हस्पिटलका लागि ल्याएको नगद पैसा उनका ४-५ जना साथी र आफ्नो २-३ जना कर्मचारीको अगाडि हातमै पैसा दिएको भद्रकुमारीले एक युट्युव च्यानलसँगको अन्तर्वार्तामा बताएकी छन् ।

जेनजी आन्दोलनपछि उग्र बनेका निकोलसलाई प्रहरीले लुकेर बसेको अवस्थामा गोरखाबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖