• Friday 9th of October 2026

बालेनले दिए र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार मध्यरातमा सामाजिक सञ्जालमार्फत र्‍यापर सनम गुरुङ ‘योद्धा’लाई धन्यवाद दिएका छन्।

र्‍यापर योद्धाले तयार पारेको म्युजिक भिडियो ‘अग्निपथ’ मार्फत मेयर बालेनलाई ‘ट्रिब्युट’ दिइएपछि बालेनले फेसबुकमा एक भावनात्मक सन्देश लेख्दै आभार व्यक्त गरेका हुन्।

फेसबुक स्टाटसमा उनले लेखेका छन्, “प्रिय योद्धा, मलाई थाहा छैन म यो ट्रिब्युटको लायक थिएँ कि थिइन, हजुरको मायाका लागि आजीवन आभारी रहने छु।”

‘अग्निपथ’ म्युजिक भिडियोमा बालेनको संघर्ष, नेतृत्व र सामाजिक योगदानलाई र्‍याप शैलीमा प्रस्तुत गरिएको छ। उक्त भिडियो सार्वजनिक भएपछि बालेनले योद्धाप्रति कृतज्ञता व्यक्त गर्दै कलाको माध्यमबाट प्राप्त सम्मानलाई हृदयस्पर्शी भनेका छन्।

यो पोस्ट बालेनका समर्थक र संगीतप्रेमीबीच सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖