• Friday 9th of October 2026

पठाओ राइडर इन्सास र पेस्तोल सहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । जेनजी प्रदर्शनमा लुटपाट भएको इन्सास समेतका ३ थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला छन् ।

उनलाई बालाजुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

उनको डेराबाट प्रहरीले इन्सास, सटगन र पेस्तोल बरामद गरेको छ । आरोपी पठाओ चालक हुन् । सो हतियार जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीबाट लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । त्यसबारे अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए । -रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖