• Friday 27th of November 2026

हिरासतबाट भागेका जिबी राईका जेठान पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ कात्तिक । गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका ज्ञान बहादुर बम्जन पक्राउ परेका छन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । जेन–जी आन्दोलनको क्रममा हिरासतबाट भागेका बम्जन ठमेलबाट पक्राउ परेका हुन् ।

सिन्धुलीको दुधौली नगरपालिका–७ का ५४ वर्षीय बम्जन अर्का सहकारी ठगीका फरार अभियुक्त जिबी राईका जेठान हुन् । पोखराका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यतिबेला नै बम्जन प्रतिवादीको सूचीमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖