• Friday 9th of October 2026

बस कन्डक्टरको ड्युटी सकेर घर फर्किँदै गरेका अशोकका लागि बन्यो त्यो साँझ अन्तिम


  • धनकुटा खबर
  • .

दिल्लीमा भएको ब’म वि’स्फो’टमा मृ’त्यु भएका ३४ वर्षीय अशोक कुमारको घर अब उजाड बनेको छ । बस कन्डक्टरको ड्युटी सकेर घर फर्किँदै गरेका अशोकका लागि त्यो साँझ अन्तिम बन्न पुग्यो।

बुबा पहिले नै बितिसकेका, आमा, पत्नी, दुई छोरी र एक छोरासहितको परिवार एक मात्र सहारा अशोक नै थिए। अब यो परिवार बेसाहारा बन्न पुगेको छ। आमालाई अझै पनि छोराको मृ’त्युको खबर दिइएको छैन, स्वास्थ्य कमजोर भएकी आमाले यस्तो आघात सहन नसक्ने भएकाले परिवारले सत्य लुकाइरहेको छ।

डिउटी सकेर घरमा फोन गरेर भनेका थिए, “केही बेरमै घर पुग्दैछु, बच्चाहरूका लागि बिस्कुट र दूध किनिसकेको छु।”

अशोक दिल्लीमा किरायाको सानो घरमा पत्नी, दुई छोरी र एक छोरासहित बस्दै आएका थिए। उनको आम्दानीमै परिवारको सम्पूर्ण खर्च चल्थ्यो। नातेदारहरूका अनुसार, “अशोक अत्यन्तै मेहनती र जिम्मेवार व्यक्ति थिए। ड्युटी सकेर हरेक साँझ परिवारका लागि केही लिएर घर फर्किन्थे।”

अशोकले जीवनभर सबैलाई सम्हाल्ने वाचा गरेका थिए, तर नियतिको एक विस्फोटले त्यो वाचा सधैंका लागि अधुरो बनायो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖