नेपालमा शिक्षण पेशामा भविष्य नदेखेपछि शिक्षक हरिस खनालले जापान जानका लागि जागिर छाडेका छन् ।
आर्थिक कठिनाइ र परिवारको जिम्मेवारीले उनलाई विदेशिन बाध्य भएको महुस भएपछि उनि नेपालको जागिर छोडेर जापान जाने निर्णय लिएका हुन् ।
उनि पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० जामुस्थित जनज्योति माध्यमिक विद्यालयका गणित शिक्षक पढाउने गर्थे । रोजगारीका लागि जापान जान लागेका शिक्षकको बिदाइमा विद्यालयले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले उनलाई फूलमाला लगाएर बिदाइ गरेका थिए । करिब ९ वर्षदेखि शिक्षण पेसामा संलग्न उनले सोचेजस्तो भविष्य नपाएपछि भविष्यको खोजीमा जापान जान लागेको बताएका छन् ।
