• Friday 9th of October 2026

काठमाडौँमा विदेशी ‘म्यारिज ब्यूरो’ काण्ड, चार चिनियाँ पक्राउ, नेपाली युवती चीन पठाएको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौँको सोह्रखुट्टेमा गोप्य ‘म्यारिज ब्यूरो’ चलाउँदै आएका चार चिनियाँ नागरिक पक्राउ परेका छन्।

उनीहरू व्यवसाय भिसामा नेपाल आए पनि वास्तविकता फरक थियो, उनीहरू गरिब र विकट क्षेत्रका युवतीलाई खोजेर चिनियाँ नागरिकसँग विवाह गराइदिने काम गर्दै आएको खुलेको छ।

अध्यागमन विभागले दिएको जानकारी अनुसार, केही महिलालाई त उनीहरूले चीनसमेत पठाइसकेका रहेछन्। पक्राउ परेकामध्ये तीन पुरुष र एक महिला छन्, जसले वर्षौंसम्म फरकफरक भिसामा नेपालमा आउजाउ गरिरहेको पनि पाइएको छ।

अहिले यो काण्डले सामाजिक सञ्जालमा ठूलो विवाद बनाइसकेको छ, धेरैले यस्ता नेटवर्क कति धेरै फैलिसकेको हो भनेर चिन्ता व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖