• Friday 9th of October 2026

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तरराष्ट्रिय मूल्य तथा स्थानीय माग–आपूर्तिको प्रभावले स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३९ हजार ५०० निर्धारण भएको छ। सोमबार एक तोला सुन दुई लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर आज तोलामा तीन हजार ९० पुगेको छ। हिजो प्रतितोला चाँदी तीन हजार १५५ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖