काठमाडौ । शोभा पाठकले भनिन्-
अब जेनजीहरुले साथ दिनुस्, म गुण्डुको घरमा गएर महेश बस्नेतलाई घिसार्छु ।
यो पनि…
भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरका ६ जना नेताहरूले पार्टी नेतृत्वले गरेको एकता प्रक्रियालाई ‘स्वार्थपूर्ण’ भन्दै आफूहरू उक्त एकता प्रक्रियामा सामेल नहुने घोषणा गरेका छन् ।
तत्कालीन माओवादीका कोशी प्रदेश कमिटी सचिवालय सदस्यसहित ६ जना नेताले बुधबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी एकताले कार्यकर्ता र जनतामा उत्साहको सट्टा निराशा र अन्यौलता छाएको बताएका छन्।
वक्तव्यमा प्रदेश समिति सचिवालय सदस्य तथा रामप्रसाद राई गाउँ पार्टी इन्चार्ज सम्झना राई ‘सन्ध्या’, प्रदेश समिति सदस्य तथा भोजपुर जिल्ला सचिव बलभद्र राई, प्रदेश समिति सदस्य तथा भोजपुर नगर पार्टी इन्चार्ज मनिका राई लगायतले हस्ताक्षर गरेका छन् ।
उनीहरूसँगै प्रदेश समिति सदस्यहरू हेमन्त राई, राजन राई र सूर्य बहादुर राईले पनि पार्टीको हालको नीतिप्रति असहमति जनाएका हुन् ।
‘जेनजी विद्रोह पश्चात् बदलिएको राजनीतिक परिस्थिति र बढ्दै गरेको नागरिक असन्तुष्टिलाई समेत सम्बोधन गर्न सक्ने सुदृढ पार्टी निर्माण गर्न जरुरी थियो,’ वक्तव्यमा उल्लेख छ, ‘एकताले उत्साह, ऊर्जा र सन्देश होइन बरु निराशा, अन्यौलता र कार्यकर्ताले जवाफ नै दिन नसक्ने प्रश्नहरू उठाएको छ ।’
नेताहरूले यस्तो स्वार्थपूर्ण एकताप्रति आफूहरूको स्पष्ट असहमति रहेको जनाउँदै अब ‘प्रगतिशील राष्ट्रिय अभियानमा’ लामबद्ध हुने घोषणा समेत गरेका छन्।
