• Friday 9th of October 2026

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


  • धनकुटा खबर
  • .

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७०० ले बढेको छ भने त्यति नै परिमाणको चाँदी ३५ रूपैयाँले बढेको छ।

आज एक तोला सुनको मोल दुई लाख ४३ हजार निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १८५ कायम भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖