• Thursday 8th of October 2026

ब्रेकफेल भएर सडकमै पल्टिएयो ट्रक, हेटौँडा–काठमाडौं सडक ठप्प


  • धनकुटा खबर
  • .

बागमती, ६ मङ्सिर । सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड लिई जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौं गुडेको र काठमाडौंबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन् । दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖