• Thursday 8th of October 2026

बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा तेस्रो लिङ्गीको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शनिवार नयाँ बसपार्क नजिकै सडकमा तेस्रो लिङ्गीको शव भेटिएको थियो ।

पक्राउ पर्ने आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

तन्नाले बेरेर फालेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

मृतकको पहिचान भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖